+
+

म्याग्दीमा बाढी: दुई बालिका वेपत्ता   

रासस रासस
२०७६ असोज ५ गते १२:३८

५ असोज, म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा गए राति बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार छन् ।

बाढी बस्तीमा पस्दा बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घरमा क्षति पुगेको छ । सो स्थानमा रहेको बुद्ध एकेडेमीको भवन र खेलमैदानमा समेत क्षति पुगको स्थानीयवासी चित्रबहादुर रिजालले जानकारी दिए । प्रहरी र स्थानीयबासीले बेपत्ता बालिकाको खोजी गरिरहेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?