+
+

स्तनक्यान्सर परीक्षणमा सहयोग गर्न सिड्नीमा दशैं साँझ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते १४:०८

सिड्नी / सिड्नीमा स्थापित एक सामाजिक संस्थाले नेपालमा स्तन क्यान्सर परीक्षणमा सहयोग गर्न दशैं साँझ आयोजना गर्ने भएको छ ।

बिगत चार वर्षदेखि हरेक दशैंको पूर्वसन्ध्यामा विशेष कार्यक्रम आयोजना गरेर नेपालमा सहयोग गर्दै आएको ब्रिज द ग्याब नामक सँस्थाले यो वर्ष नेपालको रिचा बजिमय स्मृति फाउन्डेसनमार्फत नेपालमा सहयोग गर्ने छ ।

ब्रिज द ग्याबका प्रमुख सल्लाहकार डाक्टर कृष्णकुमार श्रेष्ठका अनुसार सिड्नीमा दशैं साँझ आयोजना गरेर संकलित रकम नेपालका पाँच स्थानमा आयोजना हुने स्वाथ्य शिविरमा करिब एक हजार बिपन्न नेपाली महिलाको स्तन क्यान्सर परीक्षणमा लगानी गरिने छ । सोही उद्देश्य   पूरा गर्न यही अक्टुबर ५ मा सिड्नीको अश्फिल्डमा दशैं साँझ आयोजना गरिएको छ ।

हालै खुलेको सिड्नी मेट्रोपोलिटन इन्टरनेशनल कलेजले उक्त दशैँ साँझलाई मुख्य प्रायोजन गर्ने भएको छ । कलेजका प्रमुख कार्यकारी अधिकृत जोनाथन हवोसले भने- नेपाल र अस्ट्रेलियामा स्वयमसेवी काम गरेको सँस्थालाई सहयोग गर्नु हाम्रो कर्तब्य हो ।

नेपाली सँस्कृति, परम्परा, नाचगान तथा खानपिनसमेत एकै थलोमा आयोजना गरेर नेपालीहरुको मुख्य पर्वलाई स्वागत पनि गर्ने र नेपालमा सामाजिक कामलाई सहयोग पनि जुटाउने लक्ष्य राखेर आयोजना गरिएको दशैं साँझमा सिड्नीमा क्रियाशील नेपाली कलाकारहरुले नाचगान गर्ने छन् ।

यसघि ब्रिज द ग्याबले नेपालले २०१८ मा पाल्पाको भार्कोटमा स्वास्थ चौकी भवन निर्माण गरेको थियो भने २०१७ मा लम्जुङ जिल्लामा भूकम्पबाट भत्केको विद्यालय भवन पनि निर्माण गरेको थियो ।

अस्ट्रेलियामा  स्वयमसेवक परिचालन, सामाजिक कार्यक्रम तथा सहयोगी सस्थासँगको सहकार्यमा झन्डै ५० हजार अस्ट्रेलियन डलरमा लमजुङको शारदा निम्न माध्यमिक विद्यालयको भवन निर्माण भएको थियो ।

ब्रिज द ग्याबलाई स्थानीय क्यान्टबरी चर्च, द श्रेष्ठ वेलफेयर सोसाइटी , स्पुर इन्जिनीअरिंग र अस्ट्रेलियाको चर्चित यूनिभार्सिटी अफ न्यु साउथ स्वेल्सका प्राज्ञहरुको टिमले सहकार्य गरेको थियो ।

सँस्थाले यसअघि आयोजना गरेको साास्कृतिक कार्यक्रमको प्रस्तुति ।

भूकम्पबाट क्षतबिक्षत् भएको उक्त बिद्यालयका संरचना निर्माण तथा मर्मतका लागि यो स्वोयाम्सेबी सस्थाले अर्थ संकलनका विभिन्न उपाए अपनाएको थियो ।

अस्ट्रेलियाको चर्चित वेस्ट प्याक बैंकले पनि सहयोग गरेको थियो भने स्वोयम्सेवक हरु अस्ट्रेलियाको सबैभन्दा ठूलो फन रन सिटि टु सर्फमा सहभागी भएका थिए ।

पहिलो वर्ष २०१६मा ब्रिज द ग्याबले नेपालबाट आएका लोकप्रिय हास्य कलाकार मनोज गजुरेल तथा गायिका इन्दिरा जोशीको उपस्थितिमा भएको सास्कृतिक कार्यक्रमबाट १७ हजार भन्दा बढी अस्ट्रेलियन डलर जम्मा भएको थियो भने उक्त सँस्थाका स्वयमसेवकहरुले अस्फिल्डको बन्निंगमा दिउँसोको खाजा बेचेका थिए ।

जहाँबाट उनीहरुले २० हजार अस्ट्रेलियन डलर संकलन गरे । त्यस्तै स्थानीय क्यान्टबरी चर्चले आफ्नो लभ नेपाल कार्यक्रम अन्तर्गत १२ जहार बढी रकम उक्त सस्थालाई प्रदान गरेको थियो । सबैतिरबाट जम्मा भएको ४९ हजार ५१३ अस्ट्रेलियन डलर रकमबाट नेपालमा अघिल्ला समाजसेवी कामहरु सम्पन्न्न भएका थिए ।

सोही सस्थाले ७० जना गरीब परिवारका विद्यार्थीलाई आर्थिक सहयोग, भूकम्पछि स्वास्थ्य शिबिर संचालन, राजधानी काठमाडाैंको आकाशगंगा स्कूलमा पुस्तकालयका लागि रकम प्रदान गरेको थियो ।

आफ्ना स्वयमसेवक तथा सदस्यहरुलाई प्रत्येक वर्ष दशैँ तथा तिहारका अवसरमा मनोरन्जनात्मक कार्यक्रम पनि गर्दै आएको उक्त सँस्थाले यो वर्ष पनि आफ्नो सिग्नेचर कार्यक्रम भब्य रुपमा मनाउने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?