+
+

सल्यानमा भ्यान दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १० गते १२:३५

१० असोज, काठमाडौं । सल्यानमा आज (शुक्रबार) विहान पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका-४ किमिचौरस्थित सठकमा लु१च ४१५३ नम्बरको भ्यान दुर्घटना हुँदा किमिचौरकै ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यान अनियन्त्रित भइ सडकबाट २५ मिटर तल खस्दा घाइते भएकी पुनको पुनको अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?