+

१० खेलाडीमा सीमित लेष्टरको न्युक्यासलमाथि गोल वर्षा

२०७६ असोज  १३ गते ६:५९ २०७६ असोज १३ गते ६:५९
१० खेलाडीमा सीमित लेष्टरको न्युक्यासलमाथि गोल वर्षा

१३ असोज, काठमाडौं । लेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा लेष्टरले न्युक्यासललाई ५-० गोलअन्तरले पराजित गरेको हो । लेष्टरको यो सिजनको चौथो जित हो ।

लेष्टरको जितमा जेमी भार्डीले दुई, रिकार्डो परेरा, विलफ्रेड नदिदीले समान १-१ गोल गरे । न्युक्यासलका पाउल डुम्मेटले आत्मघाती गोल गरेपछि एक गोल लेष्टरले उपाहार स्वरुप पाएको थियो ।

खेलको १६ औ मिनेटमा रिकार्डोले गोल गर्दै लेष्टरलाई अग्रता दिलाए । खेलको ४३ औं मिनेटमा इसाक हायडेनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ५४ औं मिनेटमा भार्डीले गोल गर्दै २-० गोलको अग्रता दिलाए । ५७ औं मिनेटमा न्युक्यासलका डुम्मेटले आत्मघाती गोल गरेपछि लेष्टर ३-० गोलले अघि रहृयो । त्यसपछि खेलको ६४ औं मिनेटमा भार्डी र ९० औं मिनेटमा नदिदीले गोल गर्दै लेष्टरलाई ५-० गोलको जित दिलाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१