
२० असोज, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।
मृत्यु हुने र घाइतेको सनाखत भएको छैन । कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ४३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीसँग बयानका क्रममा चालकले ‘ब्रेक फेल’ हुँदा घटना भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4