+
+

बाढी पहिरोले रामेछापमा ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते १३:३२

२६ असोज, रामेछाप । रामेछापमा साउन यता प्राकृतिक प्रकोपमा परी ४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी ४ जनाको मृत्यु भएको जिल्ला विपद व्यवस्थापन समिति रामेछापले जनाएको छ ।

३ जनाको घर भत्किएर मृत्यु भएको र एक जनाको बाढीमा बगेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेले जानकारी दिए ।

जिल्ला विपद व्यवस्थापन समितिले ज्यान गुमाएकाहरुको परिवारलाई गाउँमै गएर एक/एक लाख रुपैयाँको दरले नगद सहयोग तथा रेडक्रसले राहत सामग्री उपलब्ध गराएको थियो ।

यस अवधिमा बाढीपहिरो तथा आगलागीमा परी १०२ घरमा क्षति भएको छ । प्रकोप पीडितहरुलाई हालसम्म समितिले ११ लाख ५० हजार रुपैयाँ वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?