
२९ असोज, काठमाडौं । काठमाडौंको गोंगबुबाट साढे चार किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जाजरकोटको नलगाढ नगरपालिका-१ घर भइ हाल चन्द्रागिरि नगरपालिका-१० थानकोट बस्ने २३ वर्षीय भुवन बुढामगर र जाजरकोटको नलगाढ नगरपालिका-३ घर हाल थानकोट बस्ने २८ वर्षीय नविनप्रकाश पुन छन् ।
उनीहरुलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4