 
																			५ कात्तिक, काठमाडौं । ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८ देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फस्र्टसेल कार्यक्रम मार्फत बिक्रि आरम्भ गरेको छ ।
ओपो रेनोटू एफका लागि आयोजित फस्र्टसेल कार्यक्रममा नेपाली चलचित्र जगतकी अत्यधिक लोकप्रिय नायिका तथा ओपो नेपालकी ब्राण्ड फ्रेण्ड, स्वस्तिमा खड्काको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा उनले अग्रिम बुकिङ गर्ने तथा सोही दिन फोनको खरिद गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित फोन तथा विशेष उपहार हस्तान्तरण गर्नुका साथै ईच्छुकसंग सेल्फी तथा तस्वीर समेत खिचेकी थिइन् ।
प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ ओपो रेनोटू एफमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ ।
फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन् ।
अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभई अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।
ओपो रेनोटू एफको विक्रि आरम्भका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “भर्खरै सार्वजनिक ओपो रेनोटू एफकालागि नेपाली उपभोक्ता, सञ्चार जगत, शुभचिन्तक लगायतद्वारा प्राप्त अपार माया, सकारात्मक प्रतिक्रिया र समर्थनका लागि हामी कृतज्ञ छौँ । नयाँ फोनमा रहेका नवप्रबर्तनात्मक प्रविधि र आकर्षक डिजाइनका लागि हामीलाई निकै सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । बजार माग र विक्रि नियाल्दा ओपो रेनोटू एफले ब्राण्डकै लागि नयाँ उचाई स्थापित गर्ने करिव निश्चित छ । बजारबाट आएको यस्तो प्रतिक्रियाले भविष्यमा अझ उत्कृष्ट उत्पादन नेपाली उपभोक्ताका लागि पस्किन हामीलाई थप हौसला तथा प्रेरणा मिलेको छ ।”
रेनोटू एफमा कम्पनीले ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ । त्यसैगरी यसमा ६.५ईञ्चको मल्टि-टच, ३९४ पीपीआईमा २३४०*१०८० पिक्सेल क्यापेसिटिभ स्क्रीनको ब्यवस्था गरिएको छ । स्क्रीनको सुरक्षार्थ फोनमा बलियो र सम्भावित जोखिम न्यूनिकरणका लागि पाँचौ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।
कलरओएस ६को परिस्कृत भर्जन कलरओएस ६.१मा आधारित यो फोनमा हरेक संवर्द्धन उपभोक्ताका आवश्यकता दृष्टिगत गर्दै तिनका जीवन तथा कार्य सम्पादनमा सहजता ल्याउने सोचका साथ गरिएको छ ।
रु. ४ हजार ९९० मूल्य निर्धारण गरिएको ओपो रेनोटू एफ कम्पनीले लेक गि्रन र स्काई हृवाइट गरि दूई आकर्षक रंगमा सार्वजनिक गरेको हो । स्मार्टफोन नेपालभर रहेका प्रमुखविक्रि केन्द्रबाट उपलब्धगरिएको कम्पनीले जानकारी दिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4