+
+

गोरखामा सिंगुसको टोकाइबाट ६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १९:३२

५ कात्तिक, गोरखा । सिंगुसको टोकाइबाट पालुङटार नगरपालिका–४ ठाँटीपोखरीका ६ जना स्थानीय घाइते भएका छन् ।

गाउँनजिकैको अल्का चिलाउने जंगलमा गोठालो गएका उनीहरुलाइ सोमवार दिउँसो साढे १२ बजे एक्कासी सिंगुसले टोकेको घाइतेको भनाइ उधृत गर्दै प्रहरीले बताएको छ ।

टोकाइबाट घाइते हुनेमा सन्त बहादुर भट्ट, निर्मला विक, फुलमाँया गुरुङ, हेमकान्त रानाभाट, दिपक अधिकारी र सुनिल गुरुङ रहेका छन् ।

घाइतेमध्य निर्मला र दीपकलाई थप उपचारका लागि भरतपुर अस्तपाल लगिएको छ । अन्य चार जना स्थानीय मेडिकलमा उपचार पश्चात घर फर्किसकेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?