+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

धनुषामा गोली हानी ठेकदारले गरे ठेकदारकै हत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १२:०७

६ कात्तिक, काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् ।

जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको हो ।

३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान ९ः३० बजे गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले पुष्टि गरे ।

साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही विषयमा कुरा गर्न जाँदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘ठेक्का पट्टाको विवादमा चौधरीले आफ्नै घरमा आएका निर्माण व्यवसायी साहको हत्या गरेको खुलेको छ’, डीएसपी कार्कीले अनलाइनखबरसँग भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले गोली हानी साहको ज्यान लिने चौधरीलाई नियन्त्रणमा लिएको छ । डीएसपी कार्कीका अनुसार, उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?