+
+

बसको ठक्करले कुखुराको भाले मरेपछि चक्काजाम

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १३:४३

८ कात्तिक, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन्। उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा, काठ, बाँस राखेर सडक अवरुद्ध पारेका थिए ।

खैराहा-कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि बिहीबार दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारेको जानकारी आफूले पाएको वडा सदस्य वन्धु चौधरीले बताए ।

वडा सदस्य चौधरीले अनलाइनखबरसँग भने, ‘भालेलाई ठक्कर दिने बस क्षतिपूर्ति नदिइकन भागेपछि स्थानीय युवाहरुले झण्डै एकघण्टा सडकमा काठ तेर्साएर सडक अवरुद्ध पारेका रहेछन् । बस व्यवसायी र पीडित पक्षबीच २ केजी भालेको १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि सडक खुलेको रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?