+

म्यानचेस्टर युनाइटेडले राख्यो दुई हजार गोलको कीर्तिमान

२०७६ कात्तिक  ११ गते ८:१८ २०७६ कात्तिक ११ गते ८:१८
म्यानचेस्टर युनाइटेडले राख्यो दुई हजार गोलको कीर्तिमान

११ कात्तिक, काठमाडौं । म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले नर्विच सिटीलाई ३-१ गोलअन्तरले पराजित गर्दै जित हात पारेको हो । म्यानचेस्टर युनाइटेडले यो जित हात पार्ने क्रममा कीर्तिमान कायम पनि गरेको छ ।

म्यानचेस्टर युनाइटेडको जितमा स्कट टोमिने, मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले गोल गरे । नर्विचका लागि भने ओनेल हेर्नान्डेजले गोल गरे ।

खेलको २१औं मिनेटमा टोमिनेले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । यो गोलसँगै म्यानेचस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा दुई हजार गोलको कीर्तिमान कायम गरेको हो । अहिलेसम्म कुनै पनि क्लबले प्रिमियर लिगमा दुई हजार गोल पूरा गरेको छैन ।

त्यस्तै, खेलको ३० मिनेटमा राष्फोर्ड र ७३औं मिनेटमा मार्सियलले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई ३-० गोलको अग्रता दिलाए । खेलको ८८औं मिनेटमा हेर्नान्डेजले गोल गर्दै नर्विच सिटीलाई ३-१ गोलको स्थितिमा ल्याए पनि म्यानचेस्टर युनाइटेडलाई रोक्न भने सकेन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय