+
+

चिकित्सक बिदा बसेपछि प्रसूति सेवा बन्द

रासस रासस
२०७६ कात्तिक १५ गते ११:४९

१५ कात्तिक, संखुवासभा । संखुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ । यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ ।

निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको छ । अस्पताल रित्तै पारेर चिकित्सक बिदामा हिँडेका छन् ।

सुरक्षित मातृत्व सेवाका चिकित्सक घर बिदामा गएपछि प्रसूति सेवा अवरुद्ध भएको हो । यही कात्तिक ८ गते एकैसाथ चिकित्सक बिदामा बसेपछि पाँच दिनमा ६ जनाभन्दा बढी गर्भवतीलाई अन्यत्र ‘रिफर’ गरिएको छ । शल्यक्रियाबाट सुत्केरी गराउने सेवा बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ ।

दुई चिकित्सकमध्ये एक जना घर बिदामा गएका कारण सेवा अवरुद्ध भएको अस्पताल प्रशासन शाखाका दीपेश श्रेष्ठले जानकारी दिए । अस्पतालका दुई चिकित्सकमध्ये एक जना बिदा लिएर घर गएपछि ८ गतेदेखि प्रसूति सेवा अवरुद्ध हुन पुगेको हो । संस्थाले सुरक्षित मातृत्व सेवाका लागि जिल्ला अस्पताल खाँदबारीमा दुई जना चिकित्सक नियुक्त गरेको छ । जिल्ला अस्पतालमा चिकित्सक नभएपछि २४ घण्टे प्रसूति सेवा शुक्रबारबाट ठप्प भएको हो ।

चिकित्सक नभएपछि प्रसूति सेवा गराउन आउने सेवाग्राही मारमा परेका छन् । अहिले दैनिक पाँच जनाभन्दा बढी प्रसूति सेवा लिन आउने गरेको जिल्ला अस्पतालको तथ्यांकमा उल्लेख छ । प्रसूति सेवा लिन सङ्खुवासभा, भोजपुरको षडानन्द नगरपालिका, साल्पा सिलिच्छो गाउँपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबाट समेत आउन गरेका छन् । जिल्ला अस्पतालमा चौबीसै घण्टा प्रसूति सेवा अवरुद्ध भएपछि लाखौं रकम खर्चेर धरान, विराटनगर र इटहरी जानुपर्ने बाध्यता छ ।

पाँच दिन दिनदेखि अस्पतालमा प्रसूति सेवा प्रभावित हुँदै आए पनि अस्पतालले चिकित्सक व्यवस्थापनका लागि चासो देखाएको छैन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?