Comments Add Comment

‘सरौतो’मा भिटेनको र्याप

र्यापर भिटेनले मंसिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को प्रमोशनल गीतमा आवाज भरेका छन् । शिर्ष गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ । निर्देशक हरि हुमागाँइले भने–‘भिटेनले चलचित्रको टिजर हेरेपछि प्रमोशन गीत गाउनका लागि सहमती जनाएका हुन् ।’

यो गीतको भिडियोमा भिटेन आफै पनि देखिनेछन् । गीतमा भिटेनको साथमा चलचित्रका मुख्य कलाकारहरु सुमी मोक्तान र विजय लामा पनि देखिदैछन् ।

आउँदो शुक्रबार यो गीत सार्वजनिक गर्ने तयारी गरिएको हरिले बताए । नेपाली र्याप गीतमा भिटेन अहिले सर्वाधिक लोकप्रिय छन् । उनलाई, केही दिन अगाडि मात्र प्रहरीले हिरासतमा राखेर छाडेको थियो ।
भिटेनको यो गीतले चलचित्रको चर्चा अझै बढाउनेमा यसको निर्माण टिम विश्वस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment