+
+

भारत पठाइए आत्महत्या गर्छु : नीरब मोदी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते ११:०५

२१ कात्तिक, काठमाडौं । लण्डन प्रहरीको नियन्त्रणमा रहेका हिरा कारोबारी एवम् भारतको बैंक घोटाला प्रकरणका एक मुख्य अभियुक्त नीरब मोदीले आफूलाई भारत पठाइए आत्महत्या गर्ने बताएका छन् ।

मंगलबार अदालतमा उपस्थित गराइएका मोदीले भारतमा निष्पक्ष जाँच हुने विश्वास आफूलाई नभएको भन्दै यदि भारत पठाइए आत्महत्या गर्ने बताएका हुन् ।

भारतले नीरबलाई सुपुर्दगी गर्न बेलायत सरकारसँग माग गर्दै आएको छ ।

आफूलाई जमानतमा रिहाइको माग गर्दै आएका नीरबलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । टाइम्स अफ इण्डियाका अनुसार उनले आफूलाई जेलमा तीन पटकसम्म कुटपिट गरिएको समेत बताएका छन् । जेलमै रहेका दुई जना कैदी उनी भएको ठाउँमा आएको र ढोका थुनेर कुटपिट गरेको मोदीको भनाइ छ ।

यद्यपि यी सब दलील पेश गरे पनि अदालतमा कुनै असर नदेखिएको र उनको जमानतमा रिहाइको माग खारेज भएको समाचारमा उल्लेख छ । योसमेत गरी चार पटकसम्म उनको जमानतमा रिहाइको माग अदालतले खारेज गरिसकेको छ ।
नीरब मोदी सात महिनादेखि लण्डनको वाड्सवर्थ जेलमा छन् । उनी भागेर लण्डन पुगेको बेला सात महिना अगाडि होल्बोर्न इलाकाबाट पक्राउ परेका थिए ।

उनी भारतमा सन् २०१८ मा भएको पन्जाब नेशनल बैंक घोटाला प्रकरणका मुख्य अभियुक्त हुन् । बैंकबाट करिब १३ हजार करोड भारु घोटाला भएको थियो, यसलाई भारतको सबैभन्दा ठूलो बैंक घोटाला मानिन्छ ।

उनी सन् २०१० मा स्थापना गरिएको नीरब मोदी ग्लोबल डायमण्ड ज्वेलरी हाउसको संस्थापकसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?