+
+

पुरुष भलिबल टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २२ गते १९:०४

२२ कात्तिक, काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को थप तयारीका लागि नेपाली पुरुष भलिबल टोली शनिबार भारतको बेंगलोर जाँदै छ ।

प्रशिक्षणका लागि जाने खेलाडीमा इमबहादुर मगर, हरिबहादुर अधिकारी, हरिहजुर थापा, कुलबहादुर थापा, धनबहादुर भट्ट क्षेत्री, ईश्वर थापा मगर, दुर्गाबहादुर खड्का, विशालबहादुर विक, राजेन्द्र विष्ट, विनोदबहादुर चन्द, टेकराज अवस्थी, रोविन चन्द, शरण समरी र द्वारिका थापा रहेका छन् ।

मुख्य प्रशिक्षकमा नेडरल्यान्ड्सका लेस्ली डि झोङ, सहायक प्रशिक्षकमा वीरेन्द्रप्रसाद चौधरी, ट्रेनरमा प्रज्वलबहादुर सिंह र व्यवस्थापकमा श्यामकृष्ण श्रेष्ठ छन् । लेस्ली नेडरल्यान्ड्सबाटै बे‌ंगलोर पुग्नेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली नोभेम्बर १९ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?