+
+

नयाँ रुटमा एभरेष्ट ट्रेल रेस सोमबारबाट

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते ८:४४

२४ कात्तिक, काठमाडौं । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेसको ८ औं संस्करण सोमबारबाट शुरु हुने भएको छ । कूल १ सय ७२ किलोमिटर लामो यो दौडमा १२ मुलुकका ४२ जना विदेशी र तीनजना स्वदेशी धावक सहभागी हुने छन् ।

पर्यटन वर्ष २०११ बाट एभरेष्ट ट्रेल रेस शुरु भएको हो । अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिसन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रुपमा यो प्रतियोगिता आयोजना गर्दै आएका छन् । नवौं संस्करणको रेस ११ नोभेम्बरबाट शुरु भई १८ नोभेम्बरमा सम्पन्न हुनेछ ।

भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना हुने यस प्रतियोगिताले नेपाली पर्वतीय पर्यटनलाई अझ बढी प्रख्यात बनाउने विश्वास आयोजकको छ ।

रेसमा नेपाल, स्पेन, अर्जेन्टिना, फ्रान्स, दक्षिण अफ्रिका, मेक्सिको, बेल्जियम, इंल्याण्ड, ब्राजिल, अल्जेरिया, नर्वे, भियतनामलगायत मुलुकका धावक सहभागी हुने अन्नपूर्ण ट्रेक्स एण्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिए ।

यसपटक दौडको साविक रुट परिवर्तन गरिएको छ । विगतमा यो दौड दोलखा जिल्लाको साविक जिरी बजारबाट शुरु भई रामेछापको बाम्ती भण्डार, सोलुखुम्बु जिल्लाको गोली, पिके डाँडा, जुनबेसी, टाक्सीन्दु, खरीखोला, लुक्ला, नाम्चे, त्याङबोचे हुँदै पासाङल्हामु गाउँपालिकाको लुक्लामै फर्किएर समापन हुन्थ्यो । यस वर्ष भने नयाँ रुटमा दौड हुँदैछ ।

सोलुखुम्बु जिल्लाको धापपत्ताले हुँदै च्याङ्स्यार, खोर्या, दिम्स्यास, पिके डाँडाको (च्यावीपिके र गोले पिके), लाम्जुरा, जुन्बेसी, फुङमोचे, तोङगीनाशा, टाक्सीन्दु, यावागोन्पा, जुबिङ फेदी, खरीखोला, नाम्चे, खुम्जुङ, फोर्चे, पाङबोचे, त्याङबोचे हुँदै प्रतिस्पर्धाको समापन बिन्दु लुक्ला तोकिएको छ ।

साविकको रुटमा डोजरले बाटो खनेपछि नियमित दौड हुने रुट प्रभावित भएको आयोजकको भनाई छ । जिरीदेखि खरीखोलासम्म पुग्न सयाैं ठाउँमा मोटरबाटो काट्नुपर्ने भएको छ । पुराना पैदल हिड्ने रुट मासेर मोटरबाटो बनाएपछि साविकको रेस प्रभावित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?