
Photo Credit : फाइल तस्वीर
२५ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसरफाइमा ध्यान दिन निर्देशन दिएका छन् ।
सोमबार बिहानै विमानस्थलकाे अनुगमनमा गएका मन्त्री भट्टराई मन्त्री भट्टराईले त्यहाँकाे सुरक्षा र सरसफाइमा ध्यान दिन अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
उनले विमानस्थलको सेवा छिटो र स्मार्ट बनाउन आग्रह गर्दै यात्रुहरुको लगेज औषतमा ४५ मिनेटमा पाइसक्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । ‘अहिले पनि २०/२५ मिनेटपछि एक घन्टासम्ममा यात्रुहरुले लगेज पाइरहेका छन्’, एक अधिकारीले भने, ‘उहाँले औषतमा ४५ मिनेटभित्र यात्रु आफ्नो लगेज लिएर विमानस्थलबाट बाहिर निस्कन सक्नुपर्छ भन्नु भएको छ ।’
उनले विमानस्थल विस्तारका लागि भइरहेको काम-काबारहीबारे पनि जानकारी लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4