+
+

भारतीय महिलालाई विराटनगर ल्याएर बेचेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १७:२१

२७ कात्तिक, काठमाडौं । भारतीय महिलालाई मोरङको विराटनगर ल्याएर बेचेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मोरङको विराटनगर महानगरपालिका-१५ रानीमा रहेको हिमालय गेष्टहाउसमा कार्यरत भारत बिहारका ४५ वर्षीय मोहम्मद रियाजलाई केही दिनअघि प्रहरील पक्राउ गरेको हो ।

रियाजले भारत फार्विसगञ्जबाट काम लगाइदिने प्रलोभन देखाएर एक महिलालाई उक्त गेष्टहाउसमा ल्याएका थिए ।

तर, प्रारम्भिक अनुसन्धानबाट गेष्टहाउस सञ्चालकसँगको मिलेमतोमा रियाजले ती महिलालाई जवरजस्ती बेश्यावृत्तिमा लगाएको खुलेको प्रहरीले दावी गरेको छ ।

पक्राउ परेका रियाजमाथि मानव बेचबिखन तथा ओसारपसा (नियन्त्रण) ऐन अनुसार थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?