+
+

म्यूजिक नेपालद्वारा ४ जना सर्जक सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १९:३७

काठमाडौं । म्युजिक नेपालले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसरमा नेपाली गीत संगित क्षेत्रका ४ जना सर्जकलाई सम्मान गरेको छ ।

‘म्युजिक नेपाल सम्मान’बाट सम्मानित हुनेमा वरिष्ठ गीतकारद्वय रत्नसमशेर थापा र किरण खरेल एवं वरिष्ठ संगीतकारद्वय दीपक जंगम र शम्भुजीत बासकोटा रहेका छन् ।

दरबारमार्गस्थित सभाहलमा म्यूजिक नेपालले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर स्रष्टाहरुलाई जनही ५० हजारका साथै ट्रफीद्वारा सम्मान गरिएको थियो ।

वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व अर्थमन्त्री, वरिष्ठ गीतकार एसपी कोईरालाको एकल शब्द, रचना र सङ्गीतकार आलोकश्रीको एकल सङ्गीतमा रहेको गीती एल्बम ‘समय’ को समेत लोकार्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?