Comments Add Comment

आर्यनले लेखे–‘दौड मिरुना दौड, तर…’

नायक आर्यन सिग्देलको इन्स्टाग्राम पेज अहिले शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘च च हुई’ले भरिएको छ । आर्यनका लागि यो चलचित्र महत्वपूर्ण छ । राम्रो काम गरेर नम्बर १ बन्न चाहेका आर्यन ठूलो संख्यामा दर्शकहरुले आफ्नो चलचित्र हेरुन् भन्ने चाहन्छन् ।

आर्यनले इन्स्टाग्राममा पोष्ट गरेको एउटा तस्वीरले भने उत्सुकता जगाएको छ । आर्यनले मिरुना मगर दौडदै गरेको तस्वीर पोष्ट गरेका छन्, जहाँ उनले मिरुनालाई पछ्याएका छन् । आर्यनले क्याप्सनमा लेख्छन्–‘दौड मिरुना दौड । तर, तिम्रो पछि पछि प्रेम आइरहेको छ ।’

आर्यनको यो क्याप्सनले चलचित्रको भाव बोक्छ । चलचित्रमा मिरुनाको पछि पछि आर्यन देखिन्छन् । केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै आर्यनले मिरुनाको काम गर्ने शैली मन परेको बताएका थिए । मिरुनाले पनि आर्यन जस्तो कलाकारबाट धेरै कुरा सिकेको बताएकी थिइन् ।

चलचित्रमा आर्यनले ‘प्रेम’ नामक पात्रको भूमिका चित्रण गरेका छन् । प्रेम त मिरुनाको पछि भागेका छन् । तर, के दर्शक प्रेम र मिरुनाका लागि हलसम्म पुग्लान् त, शुक्रबारसम्म प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment