+
+

जनताको अधिकार सरकारले संरक्षण गर्नुपर्छ : थापा   

रासस रासस
२०७६ मंसिर ४ गते २०:०३
फाइल फोटो

४ मंसिर, मध्यपुरथिमि । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानले दिएको जनताको अधिकारलाई सरकारले संरक्षण गर्नुपर्ने बताएका छन् ।

आगामी मङ्सिर १४ गते चाँगुनारायणमा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा कांग्रेसको उम्मेदवार कृष्णलाल भँडेललाई मत माग्न बुधबार वागेश्वरीमा कांग्रेसले आयोजना गरेको घरदैलो कार्यक्रममा थापाले उपनिर्वाचनले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकारले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाए । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताले कांग्रेसले पैसा बाँडेको अफवाह फैलाउने गरेको आरोप लगाए ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डिला सङ्ग्रौला, कमला पन्त, काभ्रे कांग्रेसका सभापति मधु आचार्यलगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्यहरु, शुभेच्छुकहरु, स्थानीयवासीको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?