+

लिभरपुल अपराजित, लेस्टर दोस्रो स्थानमा उक्लियो

२०७६ मंसिर  ८ गते ७:०८ २०७६ मंसिर ८ गते ७:०८
लिभरपुल अपराजित, लेस्टर दोस्रो स्थानमा उक्लियो

८ मंसिर, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राखेको छ । यस सिजन १३ खेलसम्म अपराजित रहने क्रममा लिभरपुलले शनिबार क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा क्रिस्टल प्यालेसले लिग लिडर लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । मोहम्मद सालाहबिनै मैदान उत्रेको लिभरपुललाई ४९औं मिनेटमा साडियो मानेले गोल गर्दै अग्रता दिलाए ।

८२ औं मिनेटमा विलफ्रेड जाहाले प्यालेसका लागि बराबरी गोल फर्काए । तर त्यसको तीन मिनेटपछि नै रोवर्ट फिर्मिनोले गोल गरेपछि लिभरपुलले ३ अंक जोडेको हो ।

यस सिजन अपराजित एक्लो टिम लिभरपुलले १२औं जितपछि ३७ अंक जोड्दै शीर्ष स्थानमा पकड कायम गरेको छ । लिभरपुलले दोस्रो स्थानमा उक्लेको लेस्टर सिटीमाथि ८ अंकको अग्रता बनाएको छ । लिभरपुलले यस सिजन एक खेल मात्र बराबरी खेलेको छ ।

ब्राइटनलाई २-० ले पराजित गरेको लेस्टरले १३ खेलबाट २९ अंक जोडेको छ । लेस्टरलाई जित दिलाउन जेमी भार्डी र अयोज पेरेजले दुवै गोल गरे ।

यसैगरी बर्नमाउथलाई २-१ ले पराजित गर्दै वल्भ्स पाँचौ स्थानमा उक्लेको छ । लण्डन क्लब आर्सनल भने साउथहृयाम्पटनसँग २-२ गोलको बराबरीमा रोकियो ।

आइतबार राति तेस्रो स्थानको चेल्सी र चौथो स्थानको म्यानचेष्टर सिटीबीच खेल हुँदैछ । १२ खेल खेलेका चेल्सीको २६ र सिटीको २५ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१