+

विमल, अन्जन र दिनेशले घरेलु मैदानमै हुने साग गुमाउने

२०७६ मंसिर  ९ गते १०:११ २०७६ मंसिर ९ गते १०:११
विमल, अन्जन र दिनेशले घरेलु मैदानमै हुने साग गुमाउने

९ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु भूमिमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुन नपाउने भएका छन् ।

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि नाइट क्लबमा भेटिएपछि एन्फाले तीन खेलाडीविरुद्ध अनुशासनको कारबाही गरेको थियो । यसलाई एन्फाले निरन्तरता दिएपछि दुई दशकपछि नेपालमा हुन लागेको साग खेलकुदमा सहभागी हुनबाट तीन खेलाडी वञ्चित हुन लागेका हुन् ।

साग टिमका प्रशिक्षक वालगोपाल महर्जनले तीन खेलाडीले नखेल्ने र नयाँ खेलाडी टिममा राखिने बताए ।

महर्जनका अनुसार, कारबाहीमा परेका तीन खेलाडीको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनलाई समावेश गरिएको छ ।

के भएको थियो ?

मंसिर ३ गते नेपालले कुवेतविरुद्ध खेल्ने पक्का भइसकेको थियो। भुटानमा हुने उक्त खेलका लागि कात्तिक ३० मा एन्फाले बिदाइ कार्यक्रम राखेको थियो। कुपण्डोलस्थित एक होटलमा खेलाडीहरूलाई राखिएको थियो। तर कात्तिक २९ मै ४ खेलाडी होटलबाट निस्किए। त्यसपछि उनीहरू होटलमा नफर्की एकैचोटि कातिक ३० गते बिहान एन्फा कम्प्लेक्स पुगेका थिए। त्यस रात चार खेलाडी नाइट कलबमा गएर मादक पदार्थ सेवन गरेको भेटेपछि एन्फाले उनीहरुलाई कारवाहीस्वरुप भुटान खेल्न जाने टिमबाट हटाएको थियो।

यसबारे एन्फाको अनुशासन कमिटीले अनुसन्धान गरिरहेको छ । किमिटीको रिपोर्ट बाहिर नआएपनि कारबाहीमा परेको खेलाडीलाई साग टिमबाट हटाइएको हो। उनीहरूलाई कति समयसम्म कारबाही हुन्छ भन्नेनबारे एन्फाले अहिलेसम्म केही बताएको छैन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय