+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘अकुपाई टुँडिखेल’का अभियन्ताले मेयरलाई भेट्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते ११:४४
Photo Credit : अनलाइनखबर फाइल ।
'अकुपाई टुँडिखेल' अभियानका अभियन्ताहरू

९ मंसिर, काठमाडौं । अतिक्रमित टुँडिखेलको संरक्षण गर्न भन्दै थालिएको ‘अकुपाई टुँडिखेल‘ अभियानका अभियान्ताहरुले सोमबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई ध्यानाकर्षण गराउने भएका छन् ।

मेयर शाक्यलाई भेटेर तत्कालै खुलामञ्च अनुगमन गर्न र यसलाई खुल्ला गर्न ध्यानाकर्षण गराउन लागेको अभियान्ता आलोक तुलाधरले जानकारी दिए ।

‘टुँडिखेल खुला गराउन महानगरले नै नेतृत्व लिनुपर्छ, यसकारण आज हामी मेयर सा’बको ध्यानाकर्षण गराउछौं’ उनले भने, ‘खुलामञ्चको अनुगमन गरी तत्कालै खुला गरेर मध्यकालीन तथा दीर्घकालीन योजनाका साथ अघि बढ्न आग्रह गर्नेछौं ।’

अभियान तीन साताअघि सुरु भएको थियो । कात्तिक २३ गते पहिलो चरणको विरोधस्वरुप मानव साङ्लो बनाएर टुँडिखेल संरक्षणको सन्देश दिइएको थियो । गत शनिबार भने साहित्यिक जमघट गरेर विरोध जनाइएको थियो ।

अव्यवस्थित पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर टुँडिखेल मासिदै गएपछि भन्दै सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?