+

१३औं साग : यसरी सजिँदैछ पोखरा रंगशाला

२०७६ मंसिर  ९ गते १५:३८ २०७६ मंसिर ९ गते १५:३८
१३औं साग : यसरी सजिँदैछ पोखरा रंगशाला

९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)का लागि अहिले पोखरा रंगशाला पुनर्निर्माणलाई तीव्र बनाइएको छ । रंगशाला गेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल खेल्दै गरेको बोर्ड टाँगिएको छ भने रङरोगनलाई पनि गरिसकिएको छ ।

साग खेल हुन अब १ हप्तामात्रै बाँकी छ । साग आउन १ हप्तामात्रै बाँकी छँदा रंगशालाभित्र रहेका पूर्वाधारदेखि अव्यवस्थित खाली जग्गा सम्याउने कामलाई पनि तीत्र बनाइएको छ ।

रंगशाला वरिपरि फूल रोपिँदै छन् भने महिला फुटबल प्रतियोगिता हुने प्यारापिट जडान, दुबो विस्थापन, सिन्थेटिक एथ्लेटिक ट्रयाकसमेत धमाधम बनाइँदैछ ।

रंगशालाको पश्चिम भागमा ५ हजार सिट क्षमताको स्टिल मोडुलर ग्रान्डस्टयान्ड प्यारापिट जडान कार्य सकिएको छ । साग महिला फुटबलका लागि १० हजार क्षमताको प्यारापिट जडान गर्ने योजनाअनुसार थप ५ हजार सिट जडान गरिनेछ ।

फ्रान्सबाट ल्याइएको प्यारापिट जडान गर्न फ्रान्सबाट प्राविधिक टोली पनि खटिएको छ । नेपालको झन्डासँग मिल्ने रातो र निलो रङको प्यारापिट सिट जडान भइरहेको छ । यसले ‘कलर फ्युजन’ हुने र विदेशी राष्ट्रका साथै दर्शकलाई पनि आकर्षित गर्ने निर्माण कम्पनीको दाबी छ ।

स्टेडियमका लागि पहिलो चरणमा ७ वटा शौचालय बनाइएको छ । तर खेलाडीका लागि पोशाक परिर्वतन गर्ने ‘चेन्जिङ रुम’ बनाइएको छैन ।

चेन्जिङ रुम अस्थायी बनाइने भएकाले धेरै समय नलाग्ने निर्माण कम्पनीको दाबी छ । फुटबल स्टेडियम पुनर्निर्माणका लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस र नेपाली कम्पनी एमए कन्ट्रक्सन (जेभी) ले १ अर्ब २८ करोडमा ठेकका सम्झौता गरेका थिए ।

लेखक
युनिश गुरुङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय