+

साग भलिबल आजबाट, कप्तान अरुणा भन्छिन्– उत्साह र दबाव दुवै छ

२०७६ मंसिर  ११ गते १०:१४ २०७६ मंसिर ११ गते १०:१४
साग भलिबल आजबाट, कप्तान अरुणा भन्छिन्– उत्साह र दबाव दुवै छ

११ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदको औपचारिक उद्घाटन मंसिर १५ मा हुँदैछ । तर सागअन्तर्गत हुने भलिबल प्रतियोगिता भने मंसिर ११ गतेदेखि सुरु हुँदैछ ।

बुधबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।

भारतबाहेकका प्रतियोगी देशका टिमहरू नेपाल आइसकेका छन् । भारतले महिला तथा पुरूष भलिबलमा सहभागिता जनाउने विषय अझै टुंगो लाग्न बाँकी छ ।

नेपालले आफ्नो समूहको पहिलो खेलमा बुधबार बंगलादेशसँग खेल्दैछ ।

दुई साताअघि बंगलादेशमा भएको एभीसी सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा गोल्ड मेडल जितेको नेपाली महिला भलिबल टिमले त्यसको खुसी मनाउन नपाउँदै घरेलु कोर्टमा १३ औं साग खेल्न लागेको हो । महिला टोलीलाई सेन्ट्रल जोनको उपलब्धिलाई जोगाउनु पनि छ ।

त्यसैले घरेलु कोर्टमा खेल्दा उत्साह र दबाव दुवै रहेको महिला टिमका कप्तान अरुणा शाहीले बताइन् ।

‘घरेलु मैदानमा खेल्न पाउँदा सबै जना उत्साहित छौं’, अरुणाले भन्छिन्, ‘सेन्ट्रल जोन जितेर आएकाले उत्साहसँगै दबाव पनि महसुस भइरहेको छ ।’

घरेलु मैदानमा हुने खेलमा दर्शकको सकरात्मक तथा नकरात्मक दुवै खालको समर्थन प्राप्त हुने विश्वास शाहीको छ ।

१३ औं सागकै तयारीस्वरूप नेपालले करिब ३ साता थाइल्याण्डको बैंककस्थित फिभ भलिबल डेपलपमेन्ट सेन्ट्रमा ट्रेनिङ गर्नुका साथै मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसपछि बंगलादेशमा सेन्ट्रल जोन खेलेको पनि खेलाडीमा एक्पोजर मिलेको अरुणाको भनाइ छ ।

‘थाल्याण्डमा ट्रेनिङका साथै सबै खाले टिमसँग खेल खेल्यौं । जसले गर्दा टिममा खेलको स्पिड पनि बढेको अनुभव भइरहेको छ’, अरुणाले भनिन्, ‘त्यहाँ विपक्षीको खेल हेरेर पनि धेर कुरा सिक्न पाइयो ।’

अरुणाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डे मेडल जित्ने लक्ष्य रहेको बताइन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय