Comments Add Comment

महिला भलिबलको सेमिफाइनलमा नेपाल श्रीलङ्कासँग भिड्ने

१३ मङ्सिर, काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलतर्फ नेपाल सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा नेपाल अब समूह ‘बी’को विजेता श्रीलङ्कासँग भिड्ने छ ।

शुक्रबार भएको खेलमा भारतले बङ्गलादेशलाई पराजित गरेपछि नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेश भारतसँग ३-० ले पराजित भयो । पराजयसँगै बङ्गलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।

भारतले बङ्गलादेशलाई २५-८, २५-११ र २५-९ अङ्कले हराएको हो । बङ्गलादेश लगातार दुई खेलमा पराजित भएको छ । बङ्गलादेश यसअघि बुधबार नेपालसँग ३-० ले हारेको थियो । नेपालले उक्त खेल २५-९, २५-९ र २५-११ अङ्कले जितेको थियो । नेपाल दोस्रो खेलमा बिहीबार भारतसँग २५-२६, १२-२५ र १६-२५ अङ्कले हारेको थियो ।

यसैबीच शुक्रबार भएको अर्को खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३-० ले पराजित गरेको छ । उक्त खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २५-१५, २५-१८ र २५-१४ अङ्कले हराएको हो । समूह ‘बी’मा रहेको पाकिस्तानको महिला भलिबल टोली प्रतियोगिता खेल्न नआएपछि सो समूहमा रहेका श्रीलङ्का र माल्दिभ्स सेमिफाइनल प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment