+

आर्सनलका प्रशिक्षक इमरे बर्खास्त

२०७६ मंसिर  १३ गते २१:४२ २०७६ मंसिर १३ गते २१:४२
आर्सनलका प्रशिक्षक इमरे बर्खास्त

काठमाडौं । इंग्लिस क्लब आर्सनलले प्रशिक्षक युनाई इमरेलाई बर्खास्त गरेको छ ।

आर्सेन बेंगरले क्लब छाडेपछि आर्सनलले १८ महिना अगाडि इमरेलाई प्रशिक्षक बनाएको थियो । तर उनको नेतृत्वमा आर्सनलले राम्रो गर्न सकेन ।

पि्रमियर लिगमा आठौं स्थानमा छ भने बिहीबार मात्र युरोपा लिगमा फ्रंकर्फटसँग पराजित भएको थियो । पछिल्लो ८ खेलमा आर्सनलले जित हात पार्न सकेको छैन । यो आर्सनलको १९९२ फेब्रुअरी पछिकै खराब प्रदर्शन हो ।

आर्सनलले उनका सहायक एवं पूर्व मिडफिल्डर फ्रेडी योङबर्गलाई अन्तरिम प्रशिक्षक बनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय