+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बैंकर्स संघको अध्यक्ष भुवन दाहाललाई बनाउने भद्र सहमति

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १२:३२

१५ मंसिर, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको निर्वाचन आगामी मंगलबार हुँदैछ ।

मंगलबार हुने निर्वाचनबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल सर्वसम्मत अध्यक्ष हुने भएका छन् । अहिले अध्यक्ष रहेका नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको कार्यकाल समाप्तिपछि हुन लागेको निर्वाचनमा दाहाललाई सर्वसम्मत अध्यक्ष दिने गरी गरी भद्र सहमति भएको हो ।

ढुंगानाले दोस्रो कार्यकालका लागि कार्यव्यस्तताका कारण दोहोर्‍याउन नसक्ने बताएका थिए । केहीले पूर्वअध्यक्ष अनिलकेशरी शाहलाई अध्यक्ष बन्न प्स्ताव गरेका थिए ।

तर शाहले नै दाहाललाई अध्यक्ष प्रस्ताव गरेका हुन् । शाहको प्रस्तावमा अधिकांशले सहमति जनाइसकेका छन् । ‘भुवन सरलाई बनाउन नाम तोकेरै आएपछि हामी सबैले सहमति जनायौं’ एक बैंकरले भने, ‘अब भुवन सरको मात्रै उम्मेदवारी पर्नेछ, यसका लागि हामीले मौखिक सहमति गरेका छौं ।’

दाहालले पनि अध्यक्ष बन्न आफूलाई प्रस्ताव आएको स्वीकार गरे । ‘तपाई नै बन्नुस भन्नुभएको छ, सबैको आग्रहलाई मैले स्वीकार नगर्ने कुरा नै भएन’ दाहालले भने, ‘तर यो नै फाइनल निर्णय होइन, पक्का चाहिँ मंगलबार हुनेछ ।’

संघको चुनावका लागि कार्यकारी निर्देशक अनिल शर्मा निर्वाचन समितका संयोजक तोकिएका छन् । शर्माका अनुसार संघको नयाँ नेतृत्वका लागि १७ गते नै उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी फिर्ता लिने, दावी विरोध गर्ने र अन्तिम नामावली प्रकाशन १८ गते नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?