१५ मंसिर, काठमाडौं । प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ–२ (ख)को प्रारम्भिक मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । ३ हजार ३४८ मत गणना हुँदा कांग्रेसका जितबहादुर शेरचनले १ हजार ६२७ मत र राष्ट्रिय जनमोर्चाका खिमबहादुर शाहीले १ हजार ५४६ मत ल्याएका छन् । शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन छ ।
२०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी भएका थिए । त्यतिबेला कांग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ भोट थियो ।
सत्तारुढ समाजवादी पार्टीका अशोक विकको ८२, राप्रपा (संयुक्त)का निमबहादुर भण्डारीले १०, राष्ट्रिय जनमुक्ति पार्टी यामबहादुर आलेले ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राईले १ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीको ७ मत छ ।
कमल थापा नेतृत्वको राप्रपा र मंगोल नेसनल अर्गनाईजेसनले खाता खोल्न सकेको छैन ।
अर्का स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले १५ मत पाएका छन् । नेकपाका स्थानीय नेता घर्तीले जनमोर्चाकै शाहीलाई समर्थन गरेका थिए ।
सहमति अन्तिम समयमा भएकाले उनको उम्मेदवारी फिर्ता भएन ।