+
+

सोनाक्षी भन्छिन्–‘५० बर्षको उमेरमा २२ बर्षका नायकसँग रोमान्स गर्दा असहज हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १२:०५

बलिउडमा नायक र नायिकाको उमेर अन्तरको चर्चा सधै नै हुने गर्दछ । आफू भन्दा आधा उमेर कान्छी नायिकासँग बलिउडमा नाम चलेका नायकहरुले रोमान्स गरिरहेका छन् । तर, नायिकाको हकमा भने यो लागू भएको छैन ।

नायिका सोनाक्षी सिन्हाले नायक अक्षय कुमार, सलमान खान जस्ता नायकसँग रोमान्स गरेकी छिन्, जो उनी भन्दा आधा उमेरले नै पाका छन् । सोनाक्षी भन्छिन्–‘के माधुरी दिक्षितले इशान खट्टरसँग रोमान्स गरेको सुहाउला त ? यो पक्कै पनि हेर्दा नमिलेको देखिन्छ ।’

तर, नायक सलमान खानले २१ बर्षकी नायिकासँग रोमान्स गर्दा किन नमिलेको जस्तो देखिदैन त भन्ने भारतीय मिडियाको प्रश्नमा सोनाक्षी भन्छिन्–‘सलमान के खान्छन् र उनी सधै नै यूवा जस्तो कसरी देखिन्छन् भन्ने बिषयमा सलमानलाई नै सोध्दा राम्रो हुन्छ । तर, म उमेर अन्तरको बिषयमा सोच्दिनँ । यो मेरो काम हो र यसलाई मैले राम्रोसँग निर्वाहा गर्नुपर्छ ।’

किन, नायिकालाई पाको उमेरको भएपछि यूवा नायकसँग रोमान्स गरेको दर्शकले स्विकार गर्न सकिरहेका छैनन् भन्ने प्रश्नमा उनी भन्छिन्–‘म ५० वर्षकी भएपछि २२ बर्षका नायकसँग रोमान्स गर्न पक्कै पनि असहज महशुश गर्छु ।’

सोनाक्षी अभिनित चलचित्र ‘दबंग ३’ डिसेम्बर २० बाट रिलिज हुँदैछ । जहाँ, उनले नायक सलमान खानसँग रोमान्स गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?