Comments Add Comment

कस्तो छ युटुब ट्रेन्डिङको पहिलो स्थानमा रहेको भिटेनको ‘थाहा छैन’ गीत ?

र्यापर भिटेन अहिले युटुबको टेन्डिङको पहिलो नम्बरमा छन् । उनको नयाँ गीत ‘थाहा छैन’ले युटुबको शिर्ष स्थान ओगटेको छ । ४ दिन अगाडि सार्वजनिक भएको यो गीतले यो समाचार तयार पार्दासम्म ९ लाख ३५ हजार बढी भ्यूज पाएको छ । गीतलाई लाईक गर्नेहरु ६९ हजार छन् भने डिसलाईक गनेको संख्या १५ सय छ ।

गीतले ५ हजार ५ सय भन्दा बढि प्रतिक्रिया पाएको छ । भिटेनको गीतलाई राम्रो भन्ने दर्शकको संख्या धेरै छ । केही समय अगाडि भिटेनलाई गीत गाएकै कारण प्रहरीले हिरासतमा लिएको थियो । गीतमा बोलिएका ‘भद्दा’ शब्द र प्रहरीको बर्दीलाई गलत प्रयोग गरेको आरोपमा भिटेन पक्राउ परेका थिए ।

हिरासतबाट बाहिर निस्किएपछि भिटिनले ‘थाहा छैन’ बोलको गीत तयार पारेका हुन् । गीतमा ‘भद्दा’ शब्दहरु प्रयोग गरिएको छैन । भिटेनले गीतमा आफ्नै कथा भनेको धेरै दर्शकले वुझेका छन् । दर्शकले उनको गीतलाई प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment