Comments Add Comment

लियोनार्दोकी हट प्रेमिका

हलिउडका चर्चित नायक तथा पर्यावरणविद् लियोनार्दो डी क्याप्रियो मोडल क्यामिला मोरोनसँग प्रेम सम्बन्धमा छन् । तर, उनीहरुविचको उमेर अन्तरले भने दर्शक र मिडियामा एक प्रकारको चर्चा पाइरहेको छ । यो बिषयमा लस एन्जलससँग टाइम्ससँग कुराकानी गर्दै मोरोन भन्छिन्–‘म सोच्छु कि कोही मानिसहरु डेट गर्नका लागि सक्षम हुनुपर्दछ ।’

क्यामिला अहिले आफू अभिनित चलचित्र ‘मिक्की एन्ड बियर’को प्रमोशनमा व्यस्त छिन् । उनी भन्छिन्–‘आखिर हाम्रो सम्बन्धलाई लिएर मानिसहरु किन उत्सुक छन् ? म पनि यो कुरा वुझ्नका लागि उत्सुक नै छु ।’

क्यामिलाका अनुसार, लियोनार्दो ‘संवेदनशिल बिषय’मा बढी केन्द्रित छन् । उमेरको अन्तर हुँदा धेरै कुरा सिक्न नसकिने क्यामिलाको तर्क छ । क्यामिलाले आफ्नो पहिचान सधै ४५ बर्षका लियोनार्दोको प्रेमिकाको रुपमा जोडिन नसक्ने पनि स्पष्ट पारेकी छिन् ।

उनले अगाडि भनिन्–‘अहिले धेरै भन्दा धेरै मानिसहरुले मेरो चलचित्र हेर्न थालेका छन् । यसैले, विस्तारै मैले आफ्नो पहिचान पनि बनाइरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment