+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विधिको शासनको पक्षमा जनता : नेता महत   

रासस रासस
२०७६ मंसिर १९ गते १८:१६

१९ मंसिर, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले जनता विधिको शासनका पक्षमा रहेको बताएका छन् ।

कांग्रेस चितवनले बिहीबार यहाँ आयोजना गरेको उपनिर्वाचनमा विजयी वडाध्यक्षहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा उनले जसले विधि मान्यो, त्यसैलाई जनताले छानेको बताए ।

उपनिर्वाचनमा कांग्रेसलाई ठाउँठाउँमा निर्वाचित गराएर जनताले यसअघि गरेका गल्ती सच्याएको भन्दै उनले सरकारप्रति जनताको वितृष्णा जागेको जिकिर गरे । उनले भने, “जनताले अबको शक्तिका रुपमा कांग्रेसलाई लिएका छन् ।”

सोही अवसरमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाली जनताले उपनिर्वाचनमार्फत कांग्रेसलाई प्रष्फुटित गराएको बताए । कम्युनिष्टको दुई तिहाइको सरकार भएको बेलामा नेपाली जनताले लोकतन्त्रको रक्षाका खातिर कांग्रेसलाई सबल र सुदृढ गराउने चाहना देखाएको उनको भनाइ थियो ।

वर्तमान सरकारले प्रजातान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाउँदै उनले भने, “सरकारले हरेक पक्षमा मानव अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य पद्धतिलाई कमजोर बनाउने काम गरिरहेको छ, हामी सचेत हुनुपर्छ ।” यही मंसिर १४ गते भएको उपनिर्वाचनमा भरतपुर महानगरपालिका–१६ मा अमृतराज हमाल तथा खैरहनी नगरपालिका–४ मा देवबहादुर बस्नेत र ५ मा प्रतिमा कार्की बस्नेत वडाध्यक्षमा निर्वाचित भएका थिए । उनीहरुलाई सो अवसरमा सम्मान पनि गरिएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?