+
+

एक महिना बन्द भएको कुमारी हल पुनः संचालनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १०:२१

करिब एक महिना बन्द भएको काठमाण्डौको कुमारी हल शनिबारदेखि संचालनमा आएको छ । शनिबारबाट बलिउड चलचित्र ‘पति, पत्नी और ओ’ कुमारी हलमा रिलिज भएको छ । कुमारी हलमा २ पर्दा छन् । जसमध्ये, कुमारी हलको अडिटोरियम १ संचालनमा आएको हो । अर्को अडिटोरियम संचालन हुन एक साता लाग्ने बताइएको छ ।

हलमा रहेको सिट र कार्पेट परिवर्तन गरिएको छ । जसलेगर्दा, दर्शकलाई झनै सुविधा हुने अपेक्षा हल संचालकको छ । यस्तै, हलमा रहेको बाथरुम पनि पुनः निर्माण गरिएको छ । नोभेम्बर ४ तारिखबाट बन्द भएको हल डिसेम्बर ६ तारिखसम्म बन्द भएको थियो ।

नेपाली चलचित्रको प्रिमियर गर्नका लागि कुमारी हललाई सबैभन्दा सहज मानिन्छ । यो हलमा दर्शकको चाप पनि राम्रो रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?