काठमाडौं । लेफ्टिनेन्ट जनरल मनोज मुकुन्द नरवणे भारतको नयाँ सेना प्रमुख हुने भएका छन् ।
उनले विपिन रावतको स्थान लिनेछन् । उनको कार्यकाल ३१ डिसेम्बरमा सकिनेछ र त्यही दिन नरवणेले पद सम्हाल्नेछन् । उनी हाल सेनाका उपप्रमुख छन् ।
उनको नियुक्ति यस्तो बेलामा भएको छ, जतिबेला भारत र पाकिस्तानबीच कश्मीर र चरमपन्थी गतिविधिका मामिलामा तनाव जारी छ ।
नयाँ सेना प्रमुख नरवणेसँग कश्मीर र उत्तर पूर्वी भारतको चरमपन्थ विरोधी अभियानको अनुभव छ ।
उनले जम्मू कश्मीरमा एक राष्ट्रिय राइफल्स बटालियनको कमाण्ड सम्हालेका थिए र मेजर जनरलको रुपमा असम राइफल्समा इन्स्पेक्टर जनरल पनि थिए । दिल्ली आउनुअघि उनी कोलकत्तामा पूर्वी कमाण्ड प्रमुख थिए ।
हालै मात्र पूर्वी सीमामा अभ्यास गराउने योजना नवरणेकै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।