+
+

काठमाडौं विमानस्थलमा उडान प्रभावित, आन्तरिक टर्मिनल यात्रुले खचाखच 

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ५ गते १०:४७

५ पुस, काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप बढेको छ । समयमा उड्न नपाएपछि यात्रुहरुको निराश देखिन्छन् । बिहान केही समय भएको माउन्टेन फ्लाइट पनि फेरि बन्द गरिएको थियो ।

उडानको पर्खाइमा रहेका यात्रुहरुका कारण आन्तरिक टर्मिनलको बिश्राम कक्ष भरिभराउ छ । उनीहरुलाई शौचालय जानसमेत लाइन लागेर पालो पर्खिनु पर्ने बाध्यता छ ।

मौसम विज्ञान विभागका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायतका क्षेत्रमा हुस्सु र शितलहरको अवस्था छ । दिउँसोबाट भने हुस्सु कुहिरो हट्दै जाने मौसमविदले बताएका छन् ।

आगामी २४ घण्टासम्म तराईका भूभागहरुमा राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आउने पूर्वानुमान छ । त्यसैले चिसोबाट बच्ने उपायहरु अपनाउन मौसमविदले सबैलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?