+
+

तेस्रो अनेसास च्याप्टर सम्मेलन जापानमा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १५:५५

टोक्यो । संसारभर छरिएका नेपाली साहित्यकारहरुको आधिकारिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले तेस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन जापानमा गर्ने भएको छ ।

सन् २०२० को जनवरी १० तारिखदेखि १२ सम्म राजधानी टोक्योमा हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको अनेसास जापानका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक दीप पाठकले जनाएका छन् । सम्मेलनको उदघाटन सत्र ११ तारिख शनिबार बिहान १० बजे हुनेछ ।

सम्मेलनमा केन्द्रीय कार्यसमिति सदस्यहरु, बोर्ड अफ ट्रस्टीहरु उपस्थित हुनेछन् । त्यसैगरी दर्जनौं च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरुको पनि उपस्थिति हुने जनाइएको छ ।

‘संसारभरि छरिएर रहेका च्याप्टरका निर्वाचित सदस्य र केन्द्रीय प्रतिनिधिहरुबीच नजिकको सम्बन्ध बनाउन यस्तो सम्मेलन गरिन्छ,’ अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे भन्छन्, ‘मातृभूमिबाट टाढा रहेर पनि नेपाली साहित्यको प्रवर्द्धनमा लागिरहेका सयौं साहित्यकारहरुबीच सिर्जनाको गुणस्तर र हाम्रो साहित्यको अन्तर्राष्ट्रियकरणलाई पनि यस्ता कार्यक्रमहरुले मलजल गर्न मद्दत गर्दै आएको छ ।’

सम्मेलनमा नेपाल, बेलायत, अस्ट्रेलिया, पोर्चुगल, कोरिया, इजरायल, कतार, जापान र अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका झण्डै एक सय साहित्यकारहरुको उपस्थिति हुने छ ।

प्रत्येक दुई वर्षमा हुने यस्तो सम्मलेन सन् २०१६ बाट सुरु भएको थियो । अघिल्लो पटक च्याप्टर सम्मेलन अमेरिकाको न्यु हृयामशायरमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?