Comments Add Comment

सोनाक्षी भन्छिन्–‘दबंग ३’ भन्दा आन्दोलन महत्वपूर्ण’

नायक सलमान खान र नायिका सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘दबंग ३’ अहिले विश्व बजारमा रिलिज भैरहेको छ । तर, भारतमा केही दिनदेखि चर्किएको नागरिकता संसोधन विधेयक विरुद्धको आन्दोलनका कारण यो चलचित्रको व्यापारमा घाटा लागेको छ । जसकाकारण, चलचित्रले सुरुवाती दिनमा अपेक्षित व्यापार गर्न सकेन । चलचित्रले ३ दिनमा करिब ८० करोडको आसपासमा व्यापार गरेको छ । यो सलमान खान स्टारर चलचित्रका लागि कम हो ।

तर, चलचित्रकी नायिका सोनाक्षी सिन्हा भने अहिले ‘दबंग ३’को व्यापार भन्दा पनि भारतमा भैरहेको आन्दोलनको बिषयमा कुरा गर्ने समय भएको बताउँछिन् । सोनाक्षीले भनिन्–‘हामी सबैलाई थाहा छ भारतमा के भैरहेको छ । जनतालाई के महत्वपूर्ण हो भन्ने थाहा छ । तर, म दर्शकले जुन तरिकाको प्रतिक्रिया दिनुभएको छ, यसले उत्साहित छु । यो समयमा सिंगो देश नै एकत्रित भएको छ । यो चलचित्र भन्दा महत्वपूर्ण पक्ष हो ।’

यो चलचित्रको अनलाइन पाइरेसी समेत भैसकेको छ । जसलेगर्दा, चलचित्रको व्यापारमा ठूलो असर गर्ने पक्का छ । सोनाक्षी भन्छिन्–‘हामीले लामो समयदेखि दर्शकलाई पाइरेट फिल्म नहेर्ने भनिरहेका छौ । यसले सिंगो चलचित्र क्षेत्रलाई नै असर गर्छ ।’

भारतमा भैरहेको नागरिकता संसोधन विधेयकको विरुद्धमा सोनाक्षीले भनिन्–‘म यो देशका नागरिकको पक्षमा छु । म ती मानिसहरुमाथि गर्व गरिरहेकी छु, जो आफ्नो आवाज उठाउन सडकमा आएका छन् । म उनीहरुको पक्षमा छु ।’

बलिउडका नाम चलेका कलाकारले यो बिषयमा नबोलेको प्रश्नमा सोनाक्षीले भारतीय मिडियासँग भनेकी छिन्–‘मलाई लाग्छ कि, कोही यो बिषयमा बोल्न चाहन्छ भने उसले बोल्न सक्छ । कसैले चाहदैन भने नबोल्दा पनि हुन्छ । आखिर, यो उसको अधिकारको कुरा हो ।’

बलिउडका ठूला कलाकार सडकमा आउँदा सिंगो ध्यान नै उनीहरुतर्फ तानिने सोनाक्षीको भनाई छ । यदि मानिसहरुले कलाकार पनि भीडको एक सदस्य हुन् भन्ने वुझेको खण्डमा, सेलिब्रिटी पनि सडकमा आउने सोनाक्षीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment