Comments Add Comment

‘हंगामा २’मा पारेश रावल र शिल्पा

बलिउडमा अहिले सिरिजको मौसम आएको छ । नेपाली चलचित्रमा जस्तै बलिउडमा पनि मेकरहरु हिट गीतलाई रिमिक्स गर्ने, हिट नाममा सिरिज बनाउन तल्लिन छन् । निर्देशक प्रियादर्शनले चलचित्र ‘हंगामा’को सिरिज बनाउने भएका छन् । ‘हंगामा २’ नाम राखेर बनाउन लागिएको यो चलचित्रलाई रतन जैनले निर्माण गर्दैछन् ।

यो चलचित्र सन् २०२० को अगष्ट १४ तारिखमा रिलिज हुनेछ । चलचित्रमा नायिका शिल्पा सेट्टी र कलाकार पारेश रावलको मुख्य भूमिका रहने पक्का भएको छ ।

यस्तै, चलचित्रमा मेजान जाफ्री र प्रनिथा सुवासको पनि मुख्य भूमिका रहनेछ । यो चलचित्रलाई पूर्णतया कमेडी कथामा निर्माण गरिने बताइएको छ । ‘कन्फ्यूजन अनलिमिटेड’ यो चलचित्रको स्लोगन नै छ ।

नायिका शिल्पा सेट्टी अहिले एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । बलिउडमा शिल्पा दरिलो कमब्याकको प्रतिक्षा गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment