+

निलम्बनमा परेका चार फुटबलरलाई राहत

२०७६ पुष  ८ गते १५:४३ २०७६ पुष ८ गते १५:४३
निलम्बनमा परेका चार फुटबलरलाई राहत

८ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पुनरावलोकन समितिले कारबाहीमा परेका फुटबलको निलम्बन मितिबारे नयाँ निर्णय गरेको छ । यससँगै बिमल घर्ती मगर र दिनेश राजवंशीलाई ए डिभिजन लिगको बाटो खुलेको छ ।

विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न भुटान जानु अघिल्लो दिन नाइट क्लबमा गएपछि एन्फाले विमल, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको थियो । विमल र दिनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बन गर्नुका साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अनुशासन समितिले चारै खेलाडीको निलम्बन मंसिर २७ बाट लागू हुने बताएको थियो । त्यसो हुँदा विमल र दिनेशले यो सिजन ए डिभिजन लिगका सबै खेल गुमाउँथे ।

तर चार खेलाडीले निलम्बन घटाउन निवेदन दिए । त्यसमा सुनुवाई गर्दै पुनरावलोकन समितिले नाइट क्लब गएको भोलिपल्ट कात्तिक ३० बाटै निलम्बन लागू हुने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

यो निर्णयसँगै अन्जन र सन्तोषको निलम्बन पुस १५ बाट फुकुवा हुनेछ भने विमल र दिनेशको माघको ३० गते । त्यसपछि लिग खेल्ने बाटो खुल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३