
१७ पुस, काठमाडौं । भारतले नेपालसँगको सिमा विवादका सम्बन्धमा आफ्नो पुरानै भनाइ दोहोर्याएको छ । पछिल्लोपटक आफूले निकालेको नक्शाले सार्वभौम भारतलाई झल्काउने र यसमा नेपालसँगको सिमा नचलाइएको उसको दावी छ ।
भारतीय विदेशका प्रवक्ता रविश कुमारले आयोजित पत्रकार सम्मेलनमा कालापानीको विषयलाई लिएर नेपालमा उठेको विवादबारे सोधिएको थियो । जवाफमा उनले यसमा पुरानै भनाइ दोहोर्याए ।
‘हामीले आफ्नो अडान प्रष्ट पारिसकेका छौं । नयाँ नक्शामा नेपालसँगको सीमा परिमार्जन गरिएको छैन । नेपाल र भारतबीच सीमांकनको विषय टुंग्याउने काम अहिले चलिरहेको छ । बाँकी रहेका विवादहरु विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाइनेछ’ उनले भने ।
उनले नेपाल र भारतबीच भएको टेलिफोन वार्तामा सीमा विवादका विषयमा छलफल भएको बारे अनभिज्ञता व्यक्त गरे ।
‘नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न हाम्रा प्रधानमन्त्रीज्यूले छिमेकी देशका प्रधानमन्त्रीहरुलाई फोन गर्नुभएको हो । फोन संवादमा के कुरा भयो भन्ने जानकारी छैन,’ उनले भने ।
प्रतिक्रिया 4