
२१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित थियो ।
देउवालाई भेट्न प्रचण्ड महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । कांग्रेस सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन छिटो गर्नुपर्यो भनेर परामर्श गरेका थिए ।
सभापति देउवाले आयोग गठन छिटो हुनुपर्ने आफ्नो पनि मत रहेको बताएका थिए । त्यससँगै देउवाले सरकारले ल्याएका मिडिया काउन्सिललगायतका विवादास्पद विधेयक फिर्ता लिन पनि प्रचण्डलाई भनेका थिए ।
बिहान साढे १० बजेतिर देउवा निवास पुगेका अध्यक्ष प्रचण्ड र महासचिव पौडेल करिब आधा घण्टा कुराकानी गरेर फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4