+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भान्सामा खेरा जाने खानेकुराको उचित व्यवस्थापन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १४:२८

सहरी विकास मन्त्रालयअन्र्तगतको फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले केही वर्षअघि निकालेको तथ्यांकले भन्छ, ‘शहरी क्षेत्रको भान्साबाट औसत बाषिर्क पाँच लाख १२ टन खाद्यान्न नष्ट भइरहेको हुन्छ ।’

हाम्रो भान्सामा दैनिक धेरै खानेकुरा खेर गइरहेको हुन्छ । सागसब्जी, फलफूल, ब्रेड, रोटी कुहिएर नष्ट हुन्छ । हुन त यसलाई हामी पि|mजमा राखेर वा राम्ररी भण्डारण गरेर लामो समय टिकाउने प्रयास गर्छौ । तैपनि दिनहुँ भान्साबाट यस्ता खानेकुराहरु डस्बिनमा मिल्काउनु पर्ने हुन्छ ।

कसरी जोगाउने ?

मूख्यतः खानेकुरा त्यती नै खरिद गर्नुहोस्, जति तपाईलाई आवश्यक हुन्छ । अनावश्यक खानेकुरा खरिद गरेर त्यसलाई नष्ट गर्दा त्यसले पारिवारिक व्यायभार बढ्दै जान्छ ।

खाना तयार गर्दा निश्चित अनुमान गरेर तयार गरौं । धेरै खानेकुरा पकाउने वा त्यसलाई राखेर बासी खाने प्रवृत्ति राम्रो होइन । कति व्यक्ति धेरै खानेकुरा खरिद गर्छन्, आवश्यक्ता भन्दा बढी खानेकुरा पकाउँछन् र पछि डस्बिनमा मिल्काउँछन् । यसले आफुलाई मात्र होइन समग्र समाज र राष्ट्रलाई प्रत्यक्ष/परोक्ष हानी हुन्छ ।

हामीले भण्डारण गरेको वा पकाइसकेको खानेकुरा नष्ट हुने अवस्था आउनुअघि नै त्यसलाई पुन प्रयोगमा ल्याउन सकिन्छ ।

१. सकेसम्म आवश्यक्ता भन्दा बढी खाद्यान्न खरिद नगर्ने ।

२. सीमित खाद्यान्न खरिद गर्ने र ताजा सेवन गर्ने । बासी नराख्ने ।

३. बासी खानेकुरा वा विग्रन लागेको खानेकुरालाई बैकल्पिक विधीबाट तयार गरेर सेवन गर्ने ।

४. बासी वा कुहिन लागेको खानेकुरा सडकको कुकुर, गाईबस्तु वा चराचुरुङ्गीलाई दिन सकिन्छ ।

५. कुहिएको खानेकुरालाई करेसा बारी वा बगैंचा छेउछाउमा राखेर जैविक मल बनाउने ।

फलफूल नष्ट हुन नदिन के गर्ने ?

कतिले धेरै फलफूल किनेर राख्छन् । पछि सेवन गर्न नपाइ ति फलहरु कुहिएर वा सुकेर नष्ट हुन्छ । वास्तवमा फल भण्डारण गरेर वा वासी राखेर खानु त्यती लाभदायक हुँदैन, जति ताजा फल सेवन गर्दा हुन्छ ।

त्यसैले त्यती नै फल खरिद गर्नुहोस्, जति तपाई सेवन गर्नुहुन्छ । यदि फल सेवन गर्न नपाई खराब हुन लाग्यो भने त्यसलाई डस्बिनमा फ्याक्ने होइन । बरु, त्यसलाई कुनै डि्रक, जाम वा जेली बनाएर राख्न सकिन्छ । यसलाई ब्रेड, रोडीमा लगाएर सेवन गर्न सकिन्छ ।

गोलभेडा कसरी बचाउने ?

प्याज, गोलभेडा भान्सामा दिनहुँ प्रयोग हुन्छ । त्यसैले कति गृहणीले हप्तादिन पुग्ने गरी प्याज, गोलभेडा खरिद गर्छन् । प्याज त भण्डारण गर्न सकिन्छ । तर, गोलभेडा भने क्रमस खराब हुँदै जान्छ । तर, गोलभेडा प्रयोग गरी नसक्दै विग्रने अवस्था आयो भने त्यसलाई सुप बनाएर पिउन सकिन्छ । वा अचार बनाएर केहि राख्न पनि सकिन्छ ।

बासी सब्जीलाई कसरी जोगाउने ?

सागसब्जी पनि आवश्यक्ता भन्दा बढी खरिद गर्ने र त्यसलाई भण्डारण गर्ने प्रवृत्ति छ । दिनहुँ यस्ता सब्जी कुहिएर नष्ट भइरहेको हुन्छ । सागसब्जी एकै पटक धेरै खरिद गरेर राख्नु भन्दा ताजा खरिद गरी पकाउनु राम्रो हो । ताजा सागसब्जीमा मिनरल्स र खनिज उचित मात्रामा हुन्छ, जो बासीमा पाइदैन ।

यदि भण्डारण गरेको सगसब्जी विग्रने अवस्था आयो भने त्यसलाई पनि फरक विधीबाट प्रयोग गर्न सकिन्छ । जस्तो साग बासी भयो भने त्यसलाई घाममा ओइलाएर बोत्तलमा खदिलो बनाउने । पछि त्यसको अमिलो बास्ना आउन थालेपछि पुन घाममा सुकाएर गुन्द्रक बनाउन सकिन्छ । मुला, गाँजरलाई अचार बनाउन सकिन्छ ।

दुध पनि खेरो जान नदिने

यदि दुध वासी भयो वा धेरै भएको अवस्थामा त्यसलाई दही बनाउन सकिन्छ । दुध फाट्यो भने त्यसलाई कागतीको रस चुहाएर फेरी उमाल्ने । जब त्यसको छोक्रा र पानी छुटिन्छ, छोक्रालाई पनिर बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?