+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुस्ताको मिचिएको क्षेत्रसहितको नक्सा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २९ गते १७:००

२९ पुस, काठमाडौं । सीमा बचाऔं अभियानले नवलपरासीको सुस्ता समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपालको अतिक्रिमित भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेका अभियन्ताहरूले मंगलबार सुस्तामा अतिक्रमित भूभाग समेटेर अर्को नक्सा सार्वजनिक गरेको हो ।

अभियानले नापी विभागलाई स्रोत मानेर सुस्ता लगायतका अतिक्रमित क्षेत्रको नक्सा सार्वजनिक गरेको हो ।

भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनाल भारतले ‘फिक्स्ड बाउण्ड्री प्रिन्सिपल’ नमानेर नवलपरासीको सुस्ता, भेडियारीलगायतका गाउँलाई आफ्नो भन्ने दाबी गरेको बताउँछन् ।

‘स्थिर सीमा सिद्धान्तको आधारमा समस्या समाधान गर्नुको सट्टा भारतले आफ्न नागरिक ल्याएर अतिक्रमण गरिरहेको छ’ प्रा. डा. खनाल भन्छन्, ‘स्थिर सीमा सिद्धान्त अनुसार सीमा विवाद समाधान गर्न भारत तयार हुनुपर्दछ ।’

नवलपरासीको सुस्ता क्षेत्रमा मात्रै भारतले १४ हजार ५०० हेक्टर नेपाली भुमि अतिक्रमण गरेको सीमाविद् वुद्धिनारायण श्रेष्ठको भनाइ छ । नेपाल र भारतबीचको एक हजार नौ सय २५ किलोमिटर सीमा रेखा मध्ये २३ जिल्लाका ७१ स्थानमा विवाद छ ।

आधिकारिक नक्सा सार्वजनिक गर्न माग

अभियानले सिमानामा सुरक्षा फौज तत्काल राख्न माग गरेको छ । अभियन्ता मध्येका एक कमल बराल नेपालको आधिकारिक नक्सा तत्काल सार्वजनिक गर्नुपर्ने, दस गजा क्लियर गर्नुपर्ने र विज्ञहरूको टोली बनाएर तत्काल कुटनीतिक वार्ता अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् ।

राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका लागि मजदुर, किसान, महिला, विद्यार्थी, बुद्धिजिवी, पत्रकार, कर्मचारी, राजनीतिक व्यक्तित्व लगायतलाई एक जुट हुन पनि अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘लिम्पियाधुरा, लिपु तथा कालापानी र सुस्ताक्षेत्र नेपालको सरहदभित्र रहेको स्पष्ट देखिने गरी अविलम्व नया नक्सा जारी गर्न सरकार समक्ष पुन जोडदार आह्वान गर्दछौँ वा गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

सर्वे अफ इन्डियाले गत नोभेम्बरमा निकालेको आठौं र नवौं संस्करणको भारतको राजनीतिक नक्सामा नेपाली भूमि समेटेपछि त्यसको विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?