+
+

१४ वर्षपछि आयोजना गरिएको रुरु महोत्सव वर्षाले प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १३:१७

३ माघ, गुल्मी । दुई दिनदेखि लगातार परेको वर्षाले रिडीमा आयोजित रुरु महोत्सव प्रभावित भएको छ ।

वर्षाले खोलामा पानी बढेपछि स्टलहरुमा पानी पसेर केही सामग्री बगाएको स्थानीय चिरन्जीवी ज्ञवालीले बताए । खोलाको किनारमा रहेका होटलहरुका केही स्टलका सामग्रीहरुमा क्षति पुगेको छ ।

पानी रोकिएपछि मात्रै त्यस स्थानका स्टलहरुलाई व्यवस्थापन गरिने आयोजकले बताएको छ । तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा १४ वर्षपछि दोश्रो रुरु महोत्सव सुरु भएको थियो ।

०६२ सालमा पहिलो महोत्सव आयोजना गरिएको थियो । तर विभिन्न कारणले महोत्सव गरिएको थिएन् ।

रुरु क्षेत्र गाउँपालिका-१ मा गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखाले आयोजना गरेको महोत्सवको मंगलबार -गत पुस २९) गते परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?