+
+

प्रदेश १ का सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको प्रयोगमा प्रतिबन्ध लाग्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १९:१७

३ माघ, विराटनगर । प्रदेश १ सरकारले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री र प्रयोग प्रतिबन्ध लगाउने भएको छ । फागुन १ बाट प्रदेश सरकारले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध लगाउने भएको हो ।

सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन जारी भएको ८ वर्षपछि प्रदेश १ मा यसको कार्यान्यन हुने भएको हो ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले फागुन १ गतेबाट यो ऐनको कार्यान्वयन हुने बताए । मन्त्री घिमिरेले यो ऐन कार्यान्यनका लागि सरोकारवालाहरुसँगको छलफललाई तीब्र बनाएका छन् ।

ऐनमा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा नियन्त्रण गरिने उनले बताए ।

सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ ।

फागुन १ पछि ऐनलाई पूर्ण रुपमा कार्यन्वयनमा लैजाने बताउँदै उनले कसैले पनि ऐन विपरीत काम गरेको पाइएमा कारबाही गरिने बताए । ‘स्वस्थ्य जीवन प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत २० वर्ष उमेर समूहभन्दा माथि सबै नागरिकको स्वास्थ्य परीक्षण गरिने योजना समेत सरकारले अगाडि सार्न लागेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?