+
+

एक वर्षभित्रै दुईपटक सुत्केरी, महिलाले जन्माइन् ४ वटा बच्चा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १२:१६

एकजना महिलाले एक वर्षको अवधिमा दुईपटक सुत्केरी भएर दुवैपटक जुम्ल्याहा बच्चा जन्माएको घटना सायद दुर्लभ नै हो ।

अमेरिकाको फ्लोरिडाकी एक महिलाले एक वर्षभित्रैमा दुई पटक २/२ वटा बच्चा गरी कूल चार बच्चा जन्माएकी छन् । ती महिलाले पहिलोपटक सन् २०१९ को मार्चमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । त्यसपछि गत डिसेम्बरमा उनले पुनः जुम्ल्याहा बच्चा जन्माइन् ।

एलेक्सजेन्ड्रिया वोलिस्टन नामकी ती महिलाले एक वर्षमै दुईपटक बच्चा जन्माएर चार सन्तानकी आमा बन्दा आफूलाई ठूलै उपहार पाएजस्तो लागेको बताएकी छन् । मार्च महिनामा जुम्ल्याहा जन्माएपछि मे महिनामै उनी फेरि गर्भवती बनेकी थिइन् । डिसेम्बरमा उनले समय नपुगीकनै दोश्रोपटक जुम्ल्याहा बच्चा जन्माइन् ।

अहिले उनका चारवटै जुम्ल्याहा बच्चा स्वस्थ छन् । उनले त्यसअघि जेठी सन्तानको रूपमा एक छोरी जन्माइसकेकी थिइन् । त्यसैले उनका अहिले कूल पाँच सन्तान भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?