Comments Add Comment

नेपालयमा महिला नेतृत्व

१६ माघ, काठमाडौं । पब्लिकेसन नेपालयले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ ।

प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुवै क्षेत्रलाई अब दुईजना महिलाहरूले सम्हाल्ने भएका छन् । नेपालयका अनुसार व्यवस्थापनको नेतृत्व सैजन मास्के र प्रकाशनको नेतृत्व भूषिता वशिष्ठले पाएका हुन् ।

लामो समयदेखि नेपालयसँग सम्बन्धित सैजन मास्के बजार व्यवस्थापनको विद्यार्थी हुन् । अंग्रेजी साहित्यको अध्ययन गरेकी भूषिता भने लेखक हुन् ।

पब्लिकेसन नेपालयको यो नयाँ टिम अब २०२० का निम्ति ताजा प्रकाशन तालिका सहित कृतिहरू प्रकाशन गर्ने काममा जुटेको छ ।

‘हाम्रो नयाँ टीमले पब्लिकेसन नेपालयका प्रकाशोन्मूख कृतिहरूमा मात्र होइन नेपाली प्रकाशन उद्योगमै ताजापन र जाँगर थप्छ भन्ने विश्वास लिएको छु,’ नेपालयका संस्थापक किरण कृष्ण श्रेष्ठ भन्छन् ।

आफ्नो प्रकाशकीय भूमिकाबारे प्रकाश पार्दै भूषिताले यो वर्षदेखि नेपालयले सकेसम्म महिला, तथा अन्य सीमान्तकृत समुदायका अलिखित कथा तथा नौला साहित्यिक शैलीका पुस्तकलाई बिशेष स्थान दिने बताइन् ।

पब्लिकेसन नेपालयका सीईओ सैजन मास्केले आजसम्म ४५ वटा कृतिहरू प्रकाशित गरिसकेको जानकारी अहिले लामो समयसम्म प्रभावमा रहने कृतिहरूको खोजीमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment